Logo

चीन जान लागेका प्रधानमन्त्री प्रचण्डलाई रास्वपाले दियो ७ बुँदे लिखित सुझाव



काठमाडौं,२४ भदौ । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) को आसन्न चीन भ्रमणबारे लिखित रुपमा ७ बुँदै सुझाव दिएको छ ।

आइतबार सिंहदरबारमा आयोजित सर्वदलीय छलफलमा रास्वपाले प्रधानमन्त्रीको भ्रमणका क्रममा चीनले हालै जारी गरेको नयाँ नक्साबारे खुलेर आफ्नो करा राख्न आग्रह गरेको रास्वपाका उपसभापति डोलप्रसाद अर्यालले जानकारी दिए ।

केही समयअघि चीनले आफ्नो नक्सामा छिमिकी मुलुकको नक्सा सार्वजनिक गर्दा नेपालको पुरानै नक्सा नै राखेको थियो। सो विषयलाई लिएर पछिल्लो समय आलोचना हुँदै आएको छ।

उनले भने, ‘प्रधानमन्त्रीज्युको अहिलेको युएनसहितको चीन भ्रमणको विषय थियो । हामीले लिखित रुपमा सात बुँदा दिएको छौँ । नक्शाको विषय पनि हामीले चासोका साथ जानकारी गराएका छौँ । जनताले थाहा पाउने गरी देशको नक्शाको विषय राख्नुपर्छ भनेका छौँ । बोर्डर खुला गर्ने विषय र अनुशासनका कुरामा ध्यान दिन आग्रह गरेका छौँ ।’



प्रतिक्रिया दिनुहोस्