Logo

आत्महत्या न्युनीकरणमा नेपाल ल क्याम्पस स्ववियुको प्रयास



काठमाडौं, २४ भदौ । आज विश्व आत्महत्या रोकथाम दिवस । नेपालका लागि आत्महत्या ठूलो चुनौति र समस्याको रुपमा देखापरेको छ । नेपालमा पछिल्लो आर्थिक वर्षमा छ हजार नौ सय ९३ जनाले आत्महत्यामार्फत ज्यान गुमाएका छन् । जसमा सात सय ९५ जना बालबालिकाले आत्महत्या गरेका छन् । आत्महत्यको पछाडि ९५ प्रतिशत जिम्मेवार मानसिक रोग हुने गरेको छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा नेपाल ल क्याम्स स्वतन्त्र विद्यार्थी युनियनले अन्तरक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रमा स्ववियु अध्यक्ष विष्णु ढुंगेलले समाजमा मानसिक स्वास्थ्य सम्बन्धी चेतना फैलाउन आवश्यक रहेको बताए । विद्यार्थीहरुमा मानसिक स्वास्थ्य सम्बन्धी सचेतना फैलाएर आत्महत्याको दरलाई न्युनीकरण गर्न सकिन्छ भन्ने अभिप्रायले कार्यक्रम आयोजना गरिएको उनले बताए । आगामी दिनमा पनि मानसिक स्वास्थ्यसँग सम्बन्धित विभिन्न सचेतनामूलक कार्यक्रम गर्न स्ववियु प्रतिवद्ध रहेको उनले बताए ।

कार्यक्रममा मनोपराशर्म दाता सीतामाया थिङ लामाले विश्वमा आत्महत्याको दर तीब्र रुपमा विकास हुँदै गएको बताईन् । विश्व स्वास्थ्य संगठनको प्रतिवेदनको तथ्याङ्क उल्लेख गर्दै उनले प्रत्येक ४० सेकेन्डमा विश्वमा एक जनाले आत्महत्या गर्ने गरेको बताईन् । एक जना व्यक्तिले आत्महत्या गर्दा कम्तिमा पनि २५ जना व्यक्तिलाई जीवनभर असर पर्ने उनको भनाई छ ।

नेपालमा २०७२ सालको भूकम्पपछि आत्महत्या तीब्र रुपमा वृद्धि भएको उनले बताईन् । नेपालमा प्रत्येक दिन १९ देखि २० जनाले आत्महत्या गर्ने गरेको उनको भनाई छ । बारम्बार कसैले मृत्युको कुरा गरेमा, ग्लानी महसुश गरेमा र आत्महत्याको विचार आएको कुरा शेयर गरेमा उपचार खोज्नुपर्ने उनको भनाई छ ।

विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा आयोजित उक्त कार्यक्रममा नेपाल ल क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको उल्लेखनीय सहभागिता रहेको थियो ।

 



प्रतिक्रिया दिनुहोस्