Logo

पूर्वसांसद कार्कीको निधनमा शोक प्रस्ताव पारित गर्दै बागमती प्रदेश सभा बैठक स्थगित्



काठमाडौं,२४ भदौ । झण्डै साढे २ महिनापछि आइतबार बसेको बागमती प्रदेश सभा बैठक पूर्व सांसदको निधनमा शोक प्रस्ताव पारित गर्दै २९ गतेसम्म बैठक स्थगित् भएको छ ।

आइतबार बसेको प्रदेशसभाको दोस्रो बैठकमा प्रदेशसभाका पूर्व सदस्य डा. राजाराम कार्कीको निधन प्रति शोक प्रस्ताव पारित गरेको थियो । स्वर्गीय कार्की २०७४ मा प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । क्यान्सर रोगको संक्रमणबाट केही दिन अघि कार्कीको निधन भएको थियो । उनको उपचारको क्रममा निधन भएकोमा प्रति प्रदेशसभा बैठकले शोक प्रस्ताव पारित गरेको हो । सोही अवसरमा उनीप्रति प्रदेशसभाका सदस्यहरूले १ मिनेट मौन धारण व्यक्त गरी श्रद्धा अर्पण गरिएको थिए ।

आइतबारकै बैठकमा सदनमा तीनवटा विधेयक टेवुल गरिएको छ । सामाजिक विकास मन्त्री कुमारी मोक्तानले विज्ञान, प्रविधि, नवप्रवर्तन तथा विकास कोष सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरेकी थिइन् ।

यसैगरी, उक्त बैठकमा स्वास्थ्य मन्त्री उत्तम जोशीले प्रदेश स्वास्थ्य सेवा ऐन-२०७५ लाई संशोधन गर्न बनेको विधेयक-२०८० माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गरेका थिए, भने बैठकमा आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन,-२०७५ लाई संशोधन गर्न बनेको विधेयक र कृषि तथा पशुपन्छी विकास मन्त्री डा.राजेन्द्रमान श्रेष्ठले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयकमाथि विचार गरियोस् भनी प्रस्ताव टेबुल गरेका थिए

आगामी आर्थिक वर्ष २०८०-८१ को बजेट पारित भएपछि गत असार २१ गतेबाट अनिश्चितकालका लागि स्थगित बैठक एकैपटक आज बसेको हो ।



प्रतिक्रिया दिनुहोस्