Logo

उपप्रधानमन्त्री तथा रक्षामन्त्री खड्का डिस्चार्ज



काठमाडौं,२४ भदौ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्का डिस्चार्ज भएका छन्।

गत भदौ १३ गते नेपाली सेनाको वीरेन्द्र अस्पताल छाउनी अस्पतालमा भर्ना भएका उनी आइतबार डिस्चार्ज भएका हुन्।

भदौ १३ गते नै अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी प्राध्यापक डा.भरतबहादुर भण्डारी नेतृत्वको चिकित्सकको टोलीले खड्काको प्रोस्टेटको शल्यक्रिया गरेको थियो।

ल्यक्रियापश्चात अस्पतालको वार्डमा रहेका रक्षामन्त्री खड्काको स्वास्थ्य पूर्णरुपमा ठीक भइसकेपछि आइतबार डिस्चार्ज गरिएएको निमित्त रजिष्ट्रार एवम् महासेनानी अन्जनकेशर खत्रीले विज्ञप्तिमार्फत जानकारी गराएका छन् ।



प्रतिक्रिया दिनुहोस्