Logo

संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी छः उपेन्द्र यादव



काठमाडौं,२५ भदौ । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपालको वर्तमान निर्वाचन प्रणाली र शासकीय स्वरुप परिवर्तन गर्नुपर्ने बताएका छन् ।

सोमबार कोशी प्रदेशको राजधानी विराटनगरमा आयोजना हुने समाजवादी मोर्चाको सनदेश सभालाई सम्बोधन गर्न विराटनगर पुगेका यादवले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै संविधानमा सरकार गठनको बारेमा उल्लेख गरिएका व्यवस्थाहरु त्रुटीपूर्ण रहेको बताउँदै संशोधन गर्नुपर्ने बताए ।

‘कोशी प्रदेशमा कुनै पनि दलले बहुमत नपाएको अवस्थामा हुने यस खालका घटना समान्य हुन् । संसदीय व्यवस्थामा दुईतिहाई नजिक भएका दलहरु पनि धरासायी भए । तर, हाम्रो सिस्टममै दोष छ । जुन खालको संसदीय व्यवस्थाको संरचनामा पुनःविचार गर्नुपर्छ,’ यादवले भने, ‘संसदीय प्रावधान भनेको बहुमत रहेसम्म सरकार बनाउने, बहुमत नरहँदा हट्ने गरी प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण भएको हो । मन्त्रीमण्डल बन्ने अवस्था ५ स्टेपसम्म राख्नुहुँदैन ।’

निर्वाचन प्रणालीमा पनि त्रुटि रहेको उनको भनाइ छ । यादवले भने,‘संविधान संशोधन गरेर शासकीय स्वरुप र निर्वाचन प्रणाली फेरबदल गर्न जरुरी छ ।’



प्रतिक्रिया दिनुहोस्