काठमाडौं,२५ भदौं । नेपाल भारत सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएपछि आलोचित बनेका नेपालका लागि चिनियाँ राजदूत चोन सोङलाई फिर्ता पठाउन माग गर्दै राष्ट्रिय एकता अभियानले काठमाडौंमा प्रदर्शन गरेको छ ।
सोमबार काठमाडौंमा एकता अभियानले ‘चिनियाँ राजदूतलाई फिर्ता गर’ ‘राष्ट्रिय स्वाधीनताको रक्षा गर’ ‘चिनियाँ विस्तारवाद मुर्दावाद’लगातका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।
गत शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै चिनियाँ राजदूत सोङले नेपाल भारतबीचको सम्बन्धका बारेमा विवादास्पद अभिव्यक्ति दिएका थिए ।
तस्बिरहरु: मुकुन्द कालिकोटे- रिपोर्टर्स नेपाल डटकम