काठमाडौं,२६ भदौ । परराष्ट्रमन्त्री एनपी साउद अमेरिका प्रस्थान गरेका छन् । मंगलबार बिहान ९ बजे कतार एयरवेजबाट परराष्ट्रमन्त्री साउद अमेरिका प्रस्थान गरेका हुन् ।
शान्तिप्रक्रियामा शिक्षाको भूमिका विषयक राष्ट्रसंघीय कार्यक्रममा सहभागी हुन उनी न्युयोर्क प्रस्थान गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
सो कार्यक्रम यही सेप्टेम्बर १४ मा हुँदैछ । उनी सो कार्यक्रमपछि प्रधानमन्त्रीको न्युयोर्क भ्रमणमा सँगै रहने छन् । प्रधानमन्त्री प्रचण्ड राष्ट्रसंघको ७८ औँ महासभामा सहभागी हुन भदौ ३० गते त्यसतर्फ प्रस्थान गर्दैछन् ।
संयुक्त राष्ट्र संघको ७८औं महासभालाई सम्बोधन गर्न यहि भदौ ३० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पनि अमेरिका जाँदैछन् ।