Logo

नेम्वाङको निधनपछि एमाले बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित्



काठमाडौं,२६ भदौ । नेकपा एमालेको बागमती प्रदेशको प्रतिनिधि छनोट कार्यक्रम स्थगित भएको छ । पार्टीका उपाध्यक्ष, पूर्व सभामुख,संविधान सभा अध्यक्ष तथा संसदीय दलका नेता सुवासचन्द्र नेम्वाङको अप्रत्यासीत निधन भएपछि एमालेले तय गरेका पूर्व निर्धारित सबै कार्यक्रम स्थगित भएको हो ।

आउँदो असोज ८ र ९ गते हुने एमालेको प्रथम बागमती प्रदेश अधिवेशनको हिजोबाट सुरु भएको प्रतिनिधि छनोट कार्यतालिका भदौ २७ सम्म रहेको थियो ।

२५ गते हिजो मनोनयन दर्ता, आज मनोनयन फिर्ता सहितको कार्यक्रम र भोलि प्रतिनिधि छनोटको कार्यक्रम तय भएपनि एमाले उपाध्यक्षको असमाहिक निधनको कारण सम्पूर्ण कार्यतालिकालाई स्थगित गरिएको एमाले बागमती प्रदेश अध्यक्ष केशवराज पाण्डेले जारी गरेको सूचनामा उल्लेख रहेको छ ।



प्रतिक्रिया दिनुहोस्