Logo

सुवास नेम्वाङको निधनबारे त्रिवि शिक्षण अस्पतालले के भन्यो ?



काठमाडौं, २६ भदौ । त्रिवि शिक्षण अस्पतालले संविधान सभाका अध्यक्ष,पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई अस्पतालमा ल्याईपुर्याउँदा जीवनसम्बन्धी कुनै चाल नदेखिएको जनाएको छ ।

शिक्षण अस्पतालका निमित्त कार्यकारी निर्देशक डा। सन्त कुमार दासले आज एक विज्ञप्ति जारी गर्दै राति १ बजेर ५० मिनेटमा नेम्वाङलाई अस्पताल ल्याइएको बताएका छन् ।

‘चिकित्सकबाट जाँच गर्दा जीवनसम्बन्धी कुनै चाल नदेखिएको अवस्था थियो,’ उनले भनेका छन्,‘त्यसबखत उहाँको आँखाको नानी फुलिसकेको र स्थिर रहेको थियो।’ चिकित्सकले ३५ मिनेटसम्म सीपीआर गर्दा पनि जीवनसम्बन्धी कुनै संकेत नदेखिएपछि आज बिहान ३ बजे नेम्वाङलाई मृत घोषणा गरिएको निमित्त कार्यकारी निर्देशक दासले निकालेको विज्ञप्तिमा उल्लेख छ।

७१ वर्षिय नेम्वाङको निधन हृदयघातका कारण भएको अस्पतालले जनाएको छ । स्वर्गीय नेम्वाङको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी मुख्यालय च्यासलमा राखिएको छ ।

उनको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र एक दिन सार्वजनिक बिदा दिने सरकारले निर्णयसमेत गरेको छ । नेम्वाङ गएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा इलाम २ बाट निर्वाचित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्