Logo

नेम्वाङको निधनले राष्ट्रलाई अपुरणीय क्षति पुगेको छः उपेन्द्र यादव



काठमाडौं,२६ भदौ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति दुःख व्यक्त गरेका छन् ।

आज एक विज्ञप्ति जारी गर्दै यादवले संविधान निर्माणमा स्वर्गीय नेम्वाङले खेलेको नेतृत्वदायी भूमिकाको स्मरण गर्दै आकस्मिक निधनको खबरले स्तब्ध भएको बताएका छन् । उनले मृत आत्मको चिर शान्तिको कामना गर्दै शोकाकुल प्रतिवारप्रति समवेदना प्रकट गरेका छन् ।

यादवका निजि सचिव महेश चौरासियाद्धारा जारी विज्ञप्तिमा भनिएको छ ‘ऐतिहासिक संविधानसभा सदस्य, पूर्व सभामुख एवं नेकपा एमालेका उपाध्यक्ष मा। सुवासचन्द्र नेम्बाङको २०८० भाद्र २६ गते मंगलवार विहान हृदयघातले गर्दा भएको आकस्मिक निधनले स्तब्ध तथा अत्यन्तै मर्माहित बनाएको छ । पञ्चायतविरुद्धको आन्दोलनदेखि ऐतिहासिक जनान्दोलनसम्म मुलुकमा भएका परिवर्तनकारी संघर्षमा अग्रणी भूमिका निर्वाह गर्नु भएका भद्र एवं शालीन व्यक्तित्व स्व। नेम्बाङको निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको छ। स्व। नेम्वाङको दिवंगत आत्माको चीर शान्तिको कामना गर्दै शोकको यस दुःखद घडीमा उहाँको शोकसन्तप्त समस्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौ’।

इलाम क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङको गएराति महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा निधन भएको थियो ।

नेम्वाङको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि शिक्षण अस्पतालबाट एमाले मुख्यालय च्यासलमा ल्याइएको छ । नेम्वाङको भोलि राजकीय सम्मानका साथ अन्त्येष्टि गरिनेछ ।



प्रतिक्रिया दिनुहोस्