काठमाडौं, २६ भदौ । अनामनगरस्थित सामाजिक विकास समाजले तीज विशेष कार्यक्रम मनाएको छ । हिन्दु नारीहरुको महान चाड हरितालिका तीजलाई अनामनगरका महिलाहरुले हर्ष उल्लासका साथ मनाएका हुन् ।
बागमती प्रदेशसभा सदस्य एवं पूर्वसंस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त तीज विशेष कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि श्रेष्ठले तीजले संस्कृति जर्गना र आपसी सद्भाव कायम गर्न महत्त्वपूर्ण भूमिका खेलेको बताए । उनले नेपाली परम्परा धान्न र तीजलाई विशेष बनाउन योगदान पुर्याउने नारीहरूको विशेष प्रशंसा गरे ।
समाजिक विकास समाज, महिला विभागकी संयोजक रस्मी रैका मगरको अगुवाईमा झन्डै डेढ सय महिलाको सहभागिता थियो ।