Logo

नेम्वाङलाई सम्झिँदै गगनले भने: उहाँ सभामुख नभएको भए त्यतिखेर संविधान सभाले संविधान बनाउन सक्दैन थियो



काठमाडौं,२६ भदौ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तत्कालीन संविधान सभाका अध्यक्ष सुवाचन्द्र नेम्वाङको दृढ प्रतिज्ञाकै कारण नयाँ संविधान जारी गर्न सम्भंव भएको बताएका छन् ।

नेकपा एमालेका उपाध्यक्ष तथा संसदीय दलका उपनेतासमेत रहेका स्वर्गीय नेम्वाङको पार्थिव शरीरमा श्रद्धाञ्जली दिन एमाले मुख्यालय च्यासल पुगेका थापाले उनलाई स्मरण गर्दै त्यस बेलाको वाह्य दबाबलाई थेग्दै संविधान जारी गर्न महत्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउनु भयो । नेम्वाङ समन्वयकारी व्यक्ति भएको पनि उनले उल्लेख गरे।

उनले ०६२÷०६३ को आन्दोलनपछि नेम्वाङले राजनीतिक दलका नेताहरुसँग सम्वाद गरेर काम गरेको र उनी साझा व्यक्तिको रुपमा स्थापित भएको बताए।

‘संविधान सभाबाट संविधान निर्माण गर्ने अन्तिम क्षणमा संविधान सभाको यस्तो नेता चाहिएको थियो जो दृढ संकल्प भएको। यो पटक संविधान बनाएरै छाड्ने हो। त्यो बेलाको जुन वाह्य दबाब थियो त्यो दबाबलाई थेग्न सक्ने। चिर्नसक्ने चाहिएको बेलामा दृढतापूर्वक उभिनसक्ने त्यो स्वभाव पनि सुवास नेम्वाङसँग रहेछ जुन त्यतिखेर उहाँले प्रकट गर्नुभयो,’ उनले भने, ‘समन्वयकारी क्षमता भएको तर चाहिएको बेलामा दृढ हुन नसक्ने भएको भए सायद त्यतिखेर संविधान सभाले संविधान बनाउन सक्दैन थियो होला।’  file photo 



प्रतिक्रिया दिनुहोस्