काठमाडौं, २६ भदौ । बर्दियाको राजापुर नगरपालिका वडा नं. ७, भिस्मापुरस्थित सरस्वती बाल प्रथामिक बिद्यालय शंकरपुरका प्रधानाध्यापक लक्ष्मीदेवी उपाध्यायलाई घुस लिँदै गरेको अवस्थामा अख्तियारको टोलीले नियन्त्रणमा लिएको छ ।
आज (मंगलबार) हाजिरी गराउन सहजीकरण गरिदिने प्रयोजनको लागि सेवाग्राहीसँग १४ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगञ्जबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । उनीमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।