काठमाडौं,२७ भदौ । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टी उपाध्यक्ष एवं संविधान सभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चीन भ्रमण छोट्याएर स्वदेश फर्किएका महासचिव पोखरेलले बुधबार बिहान पार्टी कार्यालय च्यासल पुगेर नेम्वाङप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन् ।
नेम्वाङको निधन भएको खबर पाएलगत्तै महासचिव पोखरेल चीन भ्रमण छोट्याएर नेपाल फर्किएका हुन् । पूर्वसभामुख तथा संविधानसभा अध्यक्ष नेम्वाङको मंगलबार बिहान ३ बजे हृदयघातका कारण निधन भएको थियो ।
हृदयघातपछि त्रिवि शिक्षण अस्पताल पुर्याइएका नेम्वाङलाई मंगलबार बिहान ३ बजे चिकित्सकले मृत घोषणा गरेका थिए । नेम्वाङको बिहीबार बिहान ११ बजे राजकीय सम्मानका साथ पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ । उनको अन्त्येष्टिका दिन भोलि सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।
तस्बिरहरु- मुकुन्द कालिकोटे – रिपोर्टर्स नेपाल