काठमाडौं, २७ भदौ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुख्यसचिव र सचिवहरु बीच छलफल जारी रहेको छ । चीन भ्रमणको एजेण्डाका बारेमा प्रधानमन्त्री प्रचण्डले मुख्यसचिव र सचिवहरुसँग छलफल थालेका हुन् ।
प्रधानमन्त्री प्रचण्ड भदौ ३० गते अमेरिका जाँदैछन् । त्यहाँ उनले संयुक्त राष्ट्रसंघको ७८औं महासभालाई सम्बोधन गर्ने कार्यतालिका रहेको छ । त्यसपछि उनी अमेरिकाबाटै चीन प्रस्थान गर्नेछन् ।
चीन भ्रमणका क्रममा नेपालको पूर्वाधार विकास, कृषि, ऊर्जा, पर्यटन, स्वास्थ्य, शिक्षा लगायत विविध क्षेत्रमा गर्ने सहयोगको विषयलाई एजेण्डा बनाउने तयारी रहेको बताइएको छ ।
चीनले जारी गरेको आफ्नो राजनीतिक नक्सामा नेपालको पुरानै नक्सा समावेश गरेको विषयलाई पनि एजेण्डा बनाउन प्रधानमन्त्री प्रचण्डलाई व्यापक दवार रहेको छ ।