Logo

संघीय सरकारविरुद्ध सर्वोच्चमा मुद्दा हाल्ने बागमती प्रदेश सरकारको निर्णय



काठमाडौं,२७ भदौ । बागमती प्रदेश सरकारले अधिकारको हनन र हस्तक्षेप गरेको भन्दै संघीय सरकारविरुद्ध मुद्दा हाल्ने निर्णय गरेको छ ।

बागमती प्रदेशको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेशको अधिकारमाथि हस्तक्षेप गरेको भन्दै संघविरुद्ध उत्रने निर्णय गरेको हो ।

संविधानले प्रदत्त गरेको अधिकार संघीय सरकारले हस्तक्षेप गरेको बागमती प्रदेश सरकारको बुझाई छ। मन्त्रिपरिषद बैठकले सर्वोच्च अदालतको संवैधानिक इजलाशमा श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशको तर्फबाट रिट निवेदन दर्ता गर्ने निर्णय गरेको हो । शहरी क्षेत्र सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण ऐन २०७९ को दफा १२ को (१) विरुद्ध सर्वोच्च जाने निर्णय गरेको हो ।

सो ऐनले संघीय राजधानी र काठमाडौं उपत्यकाको सार्वजनिक यातायात सेवा संघीय सरकार मातहत रहने गरी संघीय शहरी क्षेत्र सार्वजनिक यातायात प्राधिकरण स्थापना गर्न लागेकोले सो ऐनको विरुद्ध सर्वोच्चमा जाने निर्णयमा पुगेको हो।



प्रतिक्रिया दिनुहोस्