काठमाडौं,२८ भदौ । राष्ट्रिय सभा बैठकले पूर्व सभामुख, संविधान सभाका अध्यक्ष, प्रतिनिधि सभाका सदस्य सुवास नेम्वाङको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।
बिहीबार बसेको राष्ट्रिय सभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शोक प्रस्ताव पारित गरिओस् भन्ने प्रस्ताव निर्णयार्थ पेश गरेका थिए । उक्त प्रस्ताव सर्वसम्मतरुपमा पारित भएको थियो । नेम्वाङको निधनमा १ मिनेटसम्म सांसदहरुले उठेर मौन धारणसमेत गरेका थिए ।
नेकपा एमालेका उपाध्यक्ष तथा संसदीइ दलका उपनेतासमेत रहेका नेम्वाङको मंगलबार बिहान हृदयघातका कारण निधन भएको थियो । उनको आजै पशुपति आर्यघाटमा हिन्दू र लिम्बू परम्पराअनुसार राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ ।
नेम्वाङको निधनमा सरकारले आज सार्वजनिक बिदासमेत दिएको थियो । शोक प्रस्ताव पारित भएसँगै बैठक असोज १२ गते शुक्रबार सम्म स्थगित् भएको छ ।