Logo

रामकुमारी झाँक्रीले पाईन् पार्टीमा यस्तो जिम्मेवारी



काठमाडौं,२८ भदौं । नेकपा एकीकृत समाजवादीले केन्द्रीय कमिटीको कार्यविभाजनमा हेरफेर गरेको छ ।

पार्टीका अध्यक्ष माधवकुमार नेपालले भदौ ५ देखि ७ सम्म बसेको केन्द्रीय कमिटीको बैठकको निर्णय पार्टीमा सर्कुलर पठाउँदै नेताहरुको जिम्मेवारी हेरफेर भएको जानकारी गराएका छन् ।

बैठकले प्रदेश इञ्चार्ज, सहइञ्चर्ज र पदाधिकारी तोकेको छ । यस्तै, जिल्ला÷विशेष जिल्ला कमिटी तथा सङ्घीय निर्वाचन क्षेत्रका इञ्चार्ज तथा सहइन्चार्ज पनि तोकेको छ ।

नेकपा एसले पार्टीकी सचिव रामकुमारी झाँक्रीको पनि जिम्मेवारी तोकेको छ । पूर्व मन्त्रीसमेत रहेकी झाँक्री पछिल्लो समय पार्टीमा भूमिकावीहिन रहेकी थिईन् । उनलाई पार्टीले प्रवास विशेष प्रदेशको पार्टी कामको संयोजन तथा यूरोप, अमेरिका र ल्याटिन अमेरिकाको ईन्चार्जको जिम्मेवारी दिएको छ ।

नेकपा एमालेबाट विभाजन भएर नेकपा एस बनाउन महत्वपूर्ण भूमिका खेलेकी झाँक्री लामो समयदेखि पार्टीमा सक्रिय छैनन् । उनी पुरानै घर नेकपा एमालेमका फर्किने अन्तिम तयारीमा रहेको गाईंगुईं चल्ने गरेको छ । यद्धपि यसको स्वतन्त्र पुष्टि भने भएको छैन् ।

 



प्रतिक्रिया दिनुहोस्