Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माविरुद्ध परेन कुनैपनि उजुरी, संसदीय सुनुवाइ सुरु हुँदै



काठमाडौं,२९ भदौ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोदकुमार शर्माको संसदीय सुनुवाई सुरु हुने भएको छ ।

संसदीय सुनुवाइले १० दिनको म्याद दिएर उजुरी आह्वान गरे पनि एउटा पनि उजुरी नपरेपछि सिधै सुनुवाइ हुन लागेको हो ।

ओखलढुंगा घर भएका शर्मालाई यही भदौ १० गते बसेको न्याय परिषदको बैठकले न्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । १५ भदौमा बसेको सुनुवाइ समितिको बैठकले १० दिनको म्याद दिएर उजुरी आह्वान गरेको थियो ।

गत वर्ष भदौमा पनि उनको नाम सिफारिस भएको थियो । त्यतिबेला संसदीय सुनुवाइ हुन नसकेका कारण उनको न्यायाधीश नियुक्ति प्रक्रिया अघि बढेको थिएन । तर यही भदौ १० गते बसेको न्यायपरिषद् बैठकले उनलाई पुनः न्यायाधीशमा सिफारिस गरेको थियो ।

संसदी सुनुवाइ समितिले उनको नाम अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ। उच्च अदालत पाटनका न्यायाधीश शर्मा हाल सर्वोच्चमा काजमा थिए।



प्रतिक्रिया दिनुहोस्