Logo

सर्वोच्चका प्रस्तावित न्यायाधीश शर्माको संसदीय सुनुवाइ सुरू



काठमाडौं,२९ भदौ । सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश विनोद शर्माको संसदीय
सुनुवाइ सुरु भएको छ ।

संसदीय सुनुवाई विशेष समितिको आज बसेको बैठकमा उनीविरुद्ध उजुरी आव्हानको बारेमा छलफल भएको छ । १० दिनको समय दिएर उनीविरु४ उजुरी आव्हान भएकोमा कुनैपनि उजुरी परेको छैन् । उजुरी नपरेपछि उनको सीधै संसदीय सुनुवाइ गर्न लागिएको हो ।

ओखलढुंगा निवासी शर्मा गत वर्षपनि सर्वोच्चमा न्यायाधीश सिफारिस भएका थिए । तर, संसदीय सुनुवाइको प्रक्रिया सुरु नभएपछि उनको नियुक्ति प्रक्रिया रोकिएको थियो । आज संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन हुने निश्चित रहेको छ । संसदीय सुुनुवाइ समितिले नाम अनुमोदन गरेपछि उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्त गर्नेछन् । उमेरहदका करण ६३ वर्षिय शर्माले सर्वोच्चमा २ वर्षमात्रै सेवा गर्ने गर्न पाउँनेछन् ।



प्रतिक्रिया दिनुहोस्