Logo

दीपक मनाङेद्धारा नेकपा एसको केन्द्रीय परिषद् सदस्य पद अस्वीकार



काठमाडौं,२९ भदौ । नेकपा एकीकृत समाजवादीले बिहीबार गरेको नेता तथा कार्यकताको जिम्मेवारी र कार्यविभाजनप्रति नेताहरुमा चरम असन्तुष्टि देखिएको छ ।

नेकपा एसको भदौ ५देखि ७ गतेसम्म बसेको केन्द्रीय कटिटिको बैठकको निर्णय भन्दै अध्यक्ष माधवकुमार नेपालले हिजो जारी गरेको अन्तर पार्टी निर्देशिका (अपानी) प्रति नेताहरुले असन्तुष्टि जनाएका हुन् ।

बिहीबार जारी भएको अपानीप्रति चित्त नबुझेपछि केन्द्रीय सदस्यद्धय राजु गुरुङ र साबित्री मल्लले पार्टी परित्यागको घोषणा गरेका छन् । भने केन्द्रीय परिषद् सदस्यमा मनोनीत राजिव गुरुङ उर्फ दीपक मनाङ्गेले पनि उक्त पद अस्वीकार गरेका छन् ।

गण्डकी प्रदेशसभाका सांसद राजीव गुरुङ (दीपक मनाङे) ले सामाजिक सञ्जालमार्फत नै आफूसँग सल्लाह नै नगरी केन्द्रीय परिषद् सदस्यमा मनोनित गरेको भन्दै असन्तुष्टि जनाएका छन् । ‘नेकपा एकीकृत समाजवादी केन्द्रीय सचिवालय वैठकको निर्णयअनुसार मलाइ केन्द्रीय परिषदको सदस्यमा मनोनित गरेको भन्ने सूचना प्राप्त भयो’ , मनाङेले लेखेका छन्, ‘यो निर्णय र जिम्मेवारी मसंग सल्लाह गरी गरिएको होइन’ ।

उनले आफू जननिर्वाचित प्रतिनिधि भएकाले धेरै समय जनतासँग प्रत्यक्ष जोडिएका काममा व्यस्त हुनुपर्ने भएकाले पार्टीको काममा समय दिन नभ्याउने भन्दै जिम्मेवारी अस्वीकार गरेका हुन् ।

‘एउटै व्यक्तिले अनेक पदको भारी बोक्नु राम्रो होइन । त्यसैले मलाइ दिइएको जिम्मेवारी स्विकार्य नभएको र पद पार्टीकै अन्य योग्य युवाहरूलाई दिँदा पार्टीलाई अझ बढी फाइदा हुन्छ’, मनाङेले  लेखेका छन्, ‘युवाहरूलाई अगाडि बढाउने कुरामा मेरो सधैँ समर्थन रहन्छ । एक ब्यक्ति एक पदको नारा नारामा मात्र सीमित नगरी कार्यान्वयनमा पनि ध्यान दिन पार्टी नेतृत्वलाई अवगत गराउन चाहन्छु’ ।

गत मंसिरमा सम्पन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा मनाङबाट निर्विरोध प्रदेश सभा सदस्य निर्वाचित भएका मनाङे पछि नेकपा एसमा प्रवेश गरेका थिए । उनी २०७४ सालको निर्वाचनमा पनि सोहि क्षेत्रबाट प्रदेश सभा सदस्यमा निर्विरोध निर्वाचित हुँदै २ पटक प्रदेश सरकारमा मन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्