Logo

बालेनको सिंहदरबार जलाउने अभिव्यक्तिको प्रशंसा हुनु बिडम्बना हो: झलनाथ खनाल



काठमाडौं,२९ भदौ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेत झलनाथ खनालले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले सिंहदरबार जलाउँछौं भनेर दिएको धम्की अपराधिक मानसिकताको उपज भएको दाबी गरेका छन् ।

शुक्रबार पार्टी निकट महिला संघले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै खनालले बालेनको उक्त अभिव्यक्ति अपराधिक मानसिकताबाट ग्रसित भएको बताएका हुन् । उनले उक्त अभिव्यक्तिको आलोचना हुनुको ठाँउमा उल्टै प्रशंसा बटुलेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले भने,‘एउटाले सिंहदबारमा आगो लगाइदिन्छु भन्यो अर्कोले नेताको गर्दनमा खुकुरी हान्यो ती मान्छेहरुलाई मोबाइल हेर्ने हो भने हजारौं मान्छेले स्याबासी दिइरहेका छन् । ती त अपराधिक तत्वहरु हुन् नि । सिंहदरबारमा आगो लगाउँछु भन्ने जसले गरेपनि अपराधिक अभिव्यक्ति हो । यस्तो अभिव्यक्तिको प्रशंसा हुनु बिडम्बना मात्रै हो । तर, प्रशंसा हुन थालेको छ । त्यसको कारण खोज्नुपर्ने छ ।’

केहि दिन पहिले आफ्नी पत्नी सवार गाढी काठमाडौंको कोटेश्वरमा प्रहरीले रोकेपछि आक्रोशीत बनेका मेयर बालेनले भोलिदेखि महानगरका कुनैपनि गाढी रोकिएमा सिंहदरबार आगो लगाईदिने धम्की दिएका थिए ।



प्रतिक्रिया दिनुहोस्