Logo

पूर्वप्रधानमन्त्री भट्टराई भारत जाँदै



काठमाडौं, ३० भदौ । नेपाल समाजवादी पार्टी (नेसपा) अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आज भारत जाँदैछन् । भट्टराई नेपाल समाजवादी पाटीै प्रवास कमिटीको निमन्त्रणमा एक साता लामो भ्रमणका लागि भारत प्रस्थान गर्न लागेका हुन् । उनी असोज ५ गते स्वेदश फर्किनेछन् ।

भ्रमणका क्रममा भट्टराईले त्यहाँका नेपाली समुदायसँग छलफल, अन्तरक्रिया गर्ने र नेपाली समु्दायको तिज विशेष कार्यक्रमहरुमा सहभागी हुने उनको सचिवालयले जनाएको छ । गोवा, कर्नाटक, नयाँ दिल्ली र चन्डिगढका कार्यक्रम तय भएको बताइएको छ ।



प्रतिक्रिया दिनुहोस्