Logo

३४ जनालाई आममाफी दिने गृहको प्रस्ताव फिर्ता गर्दै राष्ट्रपति कार्यालयले सोध्यो आधार र कारण



काठमाडौं,३१ भदौ । गृह मन्त्रालयले विभिन्न काण्डमा जेल सजाय भोग्नुपर्ने ३४ जनालाई आम माफी दिन राष्ट्रपतिसमक्ष गरेको प्रस्ताव फिर्ता भएको छ । गृह मन्त्रालयमै उक्त प्रस्ताव फिर्ता आएको स्रोतले जानकारी दियो ।

गृह मन्त्रालयले कानुनमा भएको सामान्य छिद्रको प्रयोग गर्दै ‘कानुन विपरीत’ गम्भीर प्रकृतिका अपराधमा सजायका लागि फैसला भएका तर पक्राउ नपरेका ३४ जनालाई माफी मिनाहाको सिफारिस गरेको थियो । तर उक्त प्रस्ताव गृहमै फिर्ता आएको स्रोतले जानकारी दिएको छ ।

संविधान दिवसको अवसर पारेर ३४ जनालाई माफी दिनेगरी राष्ट्रपतिसमक्ष प्रस्ताव पेस गरिएको गृह स्रोतले बताएको छ । राष्ट्रपति कार्यालयका अनुसार ५ दिन अघि उनीहरुको माफी मिनाहाको प्रस्ताव गरिएको थियो । तीमध्ये अधिकांश ज्यानमुद्दा, कर्तव्य ज्यान, तस्करी, सहकारी ठगीलगायतका मुद्दामा सजाय तोकिएका व्यक्ति छन् ।

सरकारले संविधान दिवस (असोज ३ गते)का अवसरमा ६७० जना कैदीबन्दीलाई माफी दिँदैछ।

कारागार व्यवस्थापन विभागले कैद माफीका लागि ८०० जनाको सूची पठाएको थियो। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले ६७० जनाको कैद मिनाहा गर्न राष्ट्रपतिलाई सिफारिस गरेको थियो।

मन्त्रिपरिषदको निर्णयमा भने राष्ट्रपति कार्यालयले पास गर्नुपर्छ। गृह मन्त्रालयले भने पाँच दिन अघि नै ३४ जनाको सूची पठाएको थियो।



प्रतिक्रिया दिनुहोस्