Logo

उपत्यका मेयर्स फोरमको बैठक बस्दै



काठमाडौं,३१ भदौ । ‘उपत्यका मेयर्स फोरम’ को बैठक आज बस्दैछ । बैठक काठमाडौंको टोखा नगरपालिकामा बस्ने बताइएको छ । काठमाडौं उपत्यकाका पालिका प्रमुख र उपप्रमुखहरूको बैठक टोखा नगरपालिकामा बस्ने भएको हो ।

काठमाडौं उपत्यकामा मेयर्स फोरमा १८ वटा नगरपालिका छन् । तीमध्ये काठमाडौं र ललितपुर दुईवटा महानगर हुन् ।

बैठकमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्मार्ट सडक बत्ती जडानसँग सम्बन्धित विषयमा प्रस्तुतीकरण गर्नेछन् ।

त्यसैगरी वातावरणविज्ञ भुषण तुलाधारले काठमाडौंमा स्वच्छ हावासँगसम्बन्धी विषयमा प्रस्तुतीकरण गर्ने बताइएको छ ।

ललितपुर महानगरले हाईमास्ट स्माट सडक बत्ती पनि जडान गरिसकेको छ । महानगरले १२ वटा चोकमा बत्ती जडान गरेको छ । आजको बैठकमा पालिकाहरूले गरेका असल अभ्यासका बारेमा समेत बैठकमा छलफल हुने बताए ।

ललितपुर महानगरका मेयर चिरिबाबु महर्जनको अध्यक्षतामा गठित फोरमको उपाध्यक्षमा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, महासचिवमा चन्द्रागिरि नगरपालिकाका प्रमुख घनश्याम गिरि, सचिवमा टोखाका प्रकाश अधिकारी, कोषाध्यक्षमा तारकेश्वका कृष्णहरि महर्जन, सहसचिवमा मध्यपुरठिमीका सुरेन्द्र श्रेष्ठ छन् ।

फोरम सदस्यमा उपत्यकाका बाँकी सबै नगरका प्रमुख र उपप्रमुख रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्