काठमाडौं,३१ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेकपा एमालेका दिवंगत उपाध्यक्ष तथा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङको परिवारलाई समवेदना सन्देश पठाएका छन् ।
राष्ट्रपति पौडेलले आज आफ्नो तर्फबाट परिवारका सदस्य तथा सचिवालयका कर्मचारीहरु मार्फत समवेदना सन्देश पठाएका हुन् । राष्ट्रपति पौडेलले समवेशदना सन्देशमा स्वर्गीय नेम्वाङलाई एक कर्तव्यनिष्ठ राजनीतिज्ञको रुपमा चित्रण गरेका छ्न।
‘जुनसुकै पद र भूमिकामा रहँदा पनि समन्वयकारी, स्वच्छ र इमानदार छविका नेम्वाङले खासगरी सभामुख र संविधानसभाको अध्यक्षका रुपमा नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरेको संविधानसभाबाटै संविधान बनाउने र नेपालको संविधान जारी गर्ने बेलामा निर्वाह गर्नुभएको भूमिका नेपाल र नेपाली जनताले कहिल्यै बिर्सने छैनन्’ उनले समवेदना सन्देशमा भनेका छन् ।
नेम्वाङ शालीन र समन्वयकारी नेताकारुपमा मात्र होइन अन्य नेताहरूलाई सही र सत्मार्गमा डोर्याउन सक्ने असल नेताको रुपमा पनि पाएको राष्ट्रपति पौडेलले बताएका छन् । ७१ वर्षिय नेम्वाङको गत मंगलबार हृदयघातका कारण निधन भएको थियो।