काठमाडौं, ३१ भदौ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बालबालिकासँग बढि घुलमिल हुन रुचाउँछन् । उनी विभिन्न कार्यक्रममा जाँदा पनि बालबालिकासँग फोटो खिच्छन् ।
हिजो (शनिबार) ओलीले ‘बासँग विद्यार्थी’ कार्यक्रम राखेका थिए । भक्तपुरमा राखिएको उक्त कार्यक्रममा ओलीले बालबालिकाले सोधेका प्रश्न र जिज्ञासाको जवाफ दिएका थिए । हिजोको कार्यक्रमका बारेमा लेख्दै ओलीले आज सामाजिक सञ्जालमा बालबालिकाले फोटो खिच्ने क्रममा कोट खुब सुहाएको भन्दै प्रसंशा गरेको सुनाएका छन् ।
‘मैले यी नानीबाबुहरूसँग एक्लाएक्लै फोटो खिचेँ। यिनीहरू मध्ये धेरैले मलाई कानमा खुसुक्क भने– कोट खुब सुहाएको छ बा ! साँच्चै सुहाएको हो कि यिनीहरूले मलाई जिस्क्याइएका हुन् ?’ ओलीले सामाजिक सञ्जालमा पाँच वटा फोटो पोष्ट गर्दै भनेका छन् ।