Logo

प्रदेश अधिवेशनका लागि एमाले रामेछापले छान्यो ८१ जना प्रतिनिधि, कैलाश ढुंगेल बन्लान त अध्यक्ष ?(सूचीसहित)



काठमाडौं,२ असोज । नेकपा एमालेको असोज ८ र ९ गते हुने बागमती प्रदेशको अधिवेशनका लागि रामेछापबाट ८१ जना महाधिवेशन प्रतिनिधि छनोट भएका छन् ।

सोमबार एमाले रामेछापले सर्वसम्मत रुपमा ८१ जना प्रतिनिधि छनोट गरेको हो । ८ स्थानीय तह रहेको रामेछापमा संगठित सदस्यताको आधारमा प्रतिनिधि छनोट गरिएको एमाले रामेछापले जनाएको छ ।

काठमाडौंको भृकुटीमण्डपमा पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले उद्धघाटन गर्ने महाधिवेशनका लागि प्रदेशभरबाट एक हजार २ सय भन्दा धेरै प्रतिनिधि छनोट गरिने एमालेले जनाएको छ ।

एमाले रामेछापले सोमबार छनोट गरेको ८१ जना प्रदेश प्रतिनिधिहरुमा बागमती प्रदेशका पूर्वमन्त्रीद्धय कैलाश ढुंगेल र शान्तिप्रसाद पौडेल, मन्थली नगरपालिकाका पूर्व मेयर रमेशकुमार बस्नेत, पूर्व उपमेयर तथा बागमती प्रदेश सभा सदस्य मायाकुमारी कार्की, मन्थली नगरपालिकाका वर्तमान नगर प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरीदेवी बस्नेत, जिल्ला समन्वय समितिका पूर्व प्रमुख प्रेमबहादुर खडकालगायत रहेका छन् ।

प्रदेश प्रतिनिधिमा छनोट भएका कैलाश ढुंगेलले यसपटक प्रदेशको नेतृत्व लिनेगरि तयारी गरिरहेका छन् । उनको अध्यक्षमा बलियो दावेदारी रहेको छ । २०३८ सालबाट पार्टीमा लागेका ढुंगेलले एक कार्यकाल जिल्ला अध्यक्ष र तीन कार्यकाल लगाताररुपमा जिल्ला सचिव भएर काम गरेका छन् । लामो समयदेखि पार्टी राजनीतिमा सक्रिय रहेपनि ढुंगेललाई संसदीय निर्वाचन भने खासै फापेको छैन । उनी २०४८ सालपछिका सबैजसो संसदीय निर्वाचनमा पार्टीका तर्फबाट उम्मेद्धवार रहँदै आएपनि सदैव पराजित हुँदै आएका छन् । २०७४ सालमा एमाले र माओवादीबीचको तालमेलले रामेछापको प्रदेश सभा ख बाट बागमती प्रदेशमा निर्वाचित भएर ३ वर्ष प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी सम्हालेका ढुंगेल गत मंसिरको निर्वाचनमा गठबन्धनका उम्मेदवार नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ (कान्छाराम)सँग १६ हजार भन्दा धेरैको मतान्तरले पराजित भएका थिए ।

प्रदेशको नेतृत्व लिने आकांक्षा राखेका ढुंगेललाई पार्टी अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल लगायतका नेताहरुको समर्थन रहेको छ । प्रदेशको नेतृत्व लिन अन्य जिल्लाका नेताहरुले पनि तीव्र लबिङ गरिरहेका छन् ।

यी हुन एमाले रामेछापले सर्वसम्मत रुपमा छनोट गरेर पठाएका ८१ जना प्रतिनिधि

मन्थली नगरपालिका

माया कार्की (बागमती प्रदेश सभा सदस्य)
शान्ता न्यौपाने सुवेदी
राधिका खडका
ईश्वरीदेवी बस्नेत (उप प्रमुख मन्थली न पा)
हर्कमाया माझी
कृष्णहरि अधिकारी (पूर्व वडाध्यक्ष मन्थली नपा १२)
लब श्रेष्ठ (मेयर मन्थली नपा)
धु्रबकुमार कार्की
गोपाल श्रेष्ठ
रमेश बस्नेत (पूर्व नगर प्रमुख मन्थली नपा)
प्रकाशकुमार कार्की
रामबाबु घिमिरे
कुमार ढूंगेल खत्री
शंकर थापा
राजेन्द्र चौहान
गणेश कार्की
प्रवल सुवेदी

रामेछाप नगरपालिका

सीता खत्री
भुपालराज श्रेष्ठ
रोशन पाख्रिन
उमेश विक्रम थापा
कुवेरकुमार श्रेष्ठ

खाँडादेवी गाउँपालिका

प्रेमबहादु रखड्का (पूर्व जिसस प्रमुख)
प्रेम बहादुर श्रेष्ठ (पूर्व गापा अध्यक्ष)
मखमली श्रेष्ठ (पूर्व गापा उपाध्यक्ष)
कैलाश ढुंगेल (पूर्व मन्त्री बागमती प्रदेश)
ज्ञानकुमार श्रेष्ठ (वर्तमान गापा अध्यक्ष)
श्यामकुमार श्रेष्ठ
केशरबहादुर बुढाथोकी
ईन्द्र बहादुर तामाङ
केशवबहादुर प्रधान
पुष्कर कार्की
सोमप्रसाद मैनाली
रमा घिसिङ (गापा उपाध्यक्ष)
अनिता राई

लिखु तामाकोशी गाउँपालिका

कमल प्रसाद कडरिया
उद्धवप्रसाद कडरिया
जग्गनाथ दाहाल
पुष्पराज पौडेल
दूर्गाराज श्रेष्ठ
केशरबहादुर पौडेल
दीपा पाख्रिन
दीपशिखा दाहाल

उमाकुण्ड गाउँपालिका

शेरबहादुर सुनुवार (पूर्व गापा अध्यक्ष)
गंगादेवि कार्की
परशुराम बस्नेत
कुमार कार्की
लिलामाया सुनुवार

दोरम्बा सैलुङ्ग गाउँपालिका

तुलप्रसाद कंडेल
रत्नप्रसाद गौतम
मिलनकुमार घिसिङ
जनक राना
नवराज गौतम
नेत्रबहादुर थापा मगर
जितबहादुर मगर
शुभद्रा कंडेल पाठक
जानुका चौंलागाईं

सुनापति गाउँपालिका

ज्ञानकुमार योञ्जन
पाल्देन लामा
इलक सिं लामा
विमला ग्यापक
भुवनविक्रम घिमिरे

गोकुलगंगा गाउँपालिका

शान्तिप्रसाद पौडेल (पूर्व मन्त्री बागमती प्रदेश)
बुद्धिबहादुर कार्की
अर्जुन कार्की
सुजन कार्की
महेशलाल प्रधान
अनिता कार्की
ललिता गुभाजू
ज्ञानबहादुर खड्का

उत्पीडित क्षेत्रबाट

रेणुका खाती
पवित्रा महते सेवा
गणेश विक
नीलहरि राम
सिताराम लुहार
कुलबहादुर रोका
टंकबहादुर घतानी
नेत्रबहादुर विश्वकर्मा
गोपाल नेपाली
सुर्तलाल विश्वकर्मा
घनश्याम कार्की



प्रतिक्रिया दिनुहोस्