Logo

‘सुवास नेम्वाङ संसदको अभिभावकमात्रै होईन् व्यक्तिगत रूपमा मेरो अभिभावक पनि हुनुहुन्थ्यो’



काठमाडौं,२ असोज । पूर्व सभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संविधान सभाका अध्यक्ष तथा नेकपा एमालेका दिवंगत उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ आफ्नो लागि अभिभावक सम्मान रहेको बताएकी छन् ।

स्वर्गीय नेम्वाङको स्मृतिमा एमालेले आज पार्टी कार्यालय च्यासलमा आयोजना गरेको ‘सुवास र संविधान’ विषयक प्रवचन कार्यक्रममा बोल्दै नेतृ घर्तीले देशले समन्वकारी, असल नेतृत्वकर्ता गुमाएको बताएकी छन् ।

‘उहाँ संसदको अभिभावक त हुँदै हो । व्यक्तिगत रूपमा मेरो अभिभावक हुनुहुन्थ्यो । मैले लामो सहकार्य गरेको छु,’ उनले भनिन्, ‘सभामुख हुँदा मैले अभिभावकका रूपमा सहयोग गर्न विशेष प्रस्ताव गरेको थिएँ । उहाँले मान्नुभयो र संसदका हरेक अप्ठ्यारोमा मैले उहाँको सहयोग लिएको छु ।’

घर्ती स्वर्गीय नेम्वाङ दोस्रो संविधान सभा निर्वाचनपछि सभामुख हुँदा उपसभामुख बनेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्