Logo

शेखर समूहको भेला बालुवाटारमा सुरू, को-को नेता छन् सहभागी ?



काठमाडौं,२ असोज । नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक सुरु भएको छ ।

संस्थापन इतर समूहको नेतृत्व गरिरहेका नेता डा.शेखर कोइरालाको सम्पर्क कार्यालय बालुवाटारमा बैठक सुरु भएको हो । बैठकमा कोइरालासहित महामन्त्री गगन थापा नेताहरु दीलेन्द्रप्रसाद बडू, मिनेन्द्र रिजाल दिनेश कोइराला, सञ्जय गौतम, प्रतिमा गौतम, दिपक गिरी, गोविन्दराज पोखरेल, कृष्णचन्द्र नेपाली पोखरेल, बद्रि पाण्डे लगायत सहभागी भएका छन् ।

कांग्रेसले बिहीबारका लागि केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । उक्त बैठकमा सहभागी हुँदा प्रस्तुत गर्ने रणनीति तय गर्न आज कोइराला पक्षले भेला डाकेको हो ।



प्रतिक्रिया दिनुहोस्