Logo

कतै नखुलेका मिनेन्द्र पहिलो पटक शेखर–गगन समूहको बैठकमा



काठमाडौं, २ असोज । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल शेखर–गगन समूहले बोलाएको बैठकमा सहभागी भएका छन् । आज (मंगलबार) कांग्रेस संस्थापन इत्तर समूहले बैठक बोलाएको थियो ।

बैठकमा महामन्त्री विश्वप्रकाश शर्मा र युवा नेता प्रदीप पौडेललाई पनि बोलाइएको थियो । उक्त बैठकमा शर्मा र पौडेल भने सहभागी भएनन् ।
यसअघि कतै पनि नखुलेका मिनेन्द्र भने यस पटक शेखर–गगन समूहको बैठकमा सहभागी भए ।

आगामी असोज ४ गते बस्ने पार्टीको कार्यसमिति बैठकमा संस्थपानइत्तर पक्षको अडानबारे बैठकमा छलफल भएको छ ।

 



प्रतिक्रिया दिनुहोस्