Logo

शिक्षक आन्दोलनले संसदीय समितिका बैठक पनि प्रभावित



काठमाडौं,४ असोज । प्रतिनिधि सभा अन्तर्गतका आज बोलाईएका दुई वटा समितिको बैठक स्थगित भएको छ । बिहीबारका लागि बोलाईको अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठक गणपूरक संख्या नपुगेपछ स्थगित भएको हो ।

शिक्षकहरुको आन्दोलनका कारण यातायात क्षेत्र अस्तव्यस्त भएपछि सांसदहरु समयमा नै समितिमा आउन नसकेका हुन् । विद्यालय शिक्षा ऐनको विरुद्धमा शिक्षकहरुले माइतीघरदेखि नयाँबानेश्वरसम्म गरिरहेको विरोध प्रदर्शनका कारण काठमाडौं उपत्यकाको यातायात क्षेत्र अस्तव्यस्त भएको छ । स्थगित समितिको बैठक अर्को मितिमा बस्ने संसद सचिवालयले जनाएको छ ।

२४ सदस्यीय अर्थ समितिमा १३ जना सांसद उपस्थित भएमा बैठक बस्न सक्ने भएपनि आजको बैठकमा ११ जनामात्रै उपस्थित भएका थिए । त्यस्तै २७ सदस्यीय रहेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा बैठक बस्न १४ जना आवश्यक भएपनि आज १२ जनामात्रै उपस्थित भएका थिए ।



प्रतिक्रिया दिनुहोस्