काठमाडौं,४ असोज । नेकपा (एमाले) ले शिक्षा विधेयकको विरोधमा आन्दोलनमा होमिएका शिक्षकहरुको जायज माग तत्काल सम्बोध हुने वातावरण तयार गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
एमाले संसदीय दलका सचेताक महेशकुमार बर्तौला नेतृत्वको एक टोलीले आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
बर्तौलाले तत्काल विद्यालय खोल्ने वातावरण बनाउन शिक्षामन्त्री समक्ष आग्रह गरेका थिए । उनले सरकारले आन्दोलनरत शिक्षक महासंघका पदाधिकारीसँग वार्ता गरेर विद्यालय खोल्ने वातावरणको सुनिश्चित गर्न आग्रह गरेका हुन् । उनले शिक्षकको आन्दोलनमा भएको प्रहरी हस्तक्षेप्रति ध्यानाकर्षण गराए । एमालेको टोलीसँग मन्त्री राईले आन्दोलनरत पक्षसँग छिट्टै वार्ताको माध्ययमबाट सहमितमा पुग्ने आश्वासन दिएका छन् ।