Logo

प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता



काठमाडौं, ६ असोज । छिमेकी देश चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच औपचारिक भेटवार्ता भएको छ ।

संयुक्त राष्ट्रसंघको महासभामा सहभागी भएर आज (शनिबार) चीनको हाङ्झाओ पुगेको प्रधानमन्त्री प्रचण्ड नेतृत्वको नेपाली प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी नेतृत्वको टोलीबीच औपचारिक भेटवार्ता भएको हो ।

भेटवार्तामा नेपाल–चीन रणनीतिक साझेदारीबारेमा छलफल भएको बताइएको छ । भेटवार्तामा चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) कार्यान्वयनबारे छलफल भए पनि ठोस निश्कर्षमा नपुगिएको बताइएको छ ।

प्रधानमन्त्री प्रचण्ड हाङ्झाउमा १९औं एसियाली खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यतालिका रहेको छ ।



प्रतिक्रिया दिनुहोस्