काठमाडौं,८ असोज । राष्टप्रति रामचन्द्र पौडेल जनकपुरधामको प्रसिद्ध जानकी मन्दिरमा दर्शन तथा पूजा अर्चना गरेका छन् ।
राष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनले जानकी मन्दिरमा विशेष पूजा अर्चना गरेका हुन् ।
राष्ट्रपति पौडेलले जनकपुरधाम उपमहानगरपालिकाले व्यवस्था गरेको कपडाको चप्पल लगाएर जानकी मन्दिरको दर्शन तथा पूजा गरेका हुन् । यस विषयमा सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।
आज दिउँसो जनकपुरधाममा जिल्ला प्रहरी कार्यालय अगाडि निर्मित महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।
नागरिकता विधेयक प्रमाणीकरण भएपछि जानकी मन्दिर दर्शन गर्न आउने यसअघिको कार्यक्रम स्थगित भएकाले सोही कार्यक्रमलाई निरन्तरता दिँदै आज पौडेल जनकपुर गएका हुन्।