Logo

८ बुँदे प्रतिबद्धतासहित युएईका रमेश श्रेष्ठद्वारा मध्यपूर्व क्षेत्रीय संयोजकमा उम्नेदवारी घोषणा



काठमाडौं, ८ असोज । युएई,गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषदको आगामी (२०२३-२५) कार्यकालका लागि श्रमिकको हकहितमा सहभागिता एनआरएनए मध्यपूर्वको आवश्यकता भन्ने मूल नारासहित युवा व्यवसायी रमेश श्रेष्ठले मध्यपूर्व संयोजकमा उम्मेदवारी घोषणा गरेका छन् ।

श्रेष्ठले एनअनारएको आगामी ११औं अन्तरराष्ट्रिय महाधिवेशनमा (२०२३-२०२५) कार्यकालका लागि आठ बुँदे प्रतिबद्धता जारी गर्दै उम्मेदवारी घोषणा गरेका हुन् ।

सन २०१० देखि निरन्तर एनआरएनएमा जोडिएका श्रेष्ठले यूएईको एनसीसी सदस्य, उपाध्यक्ष हुँदै २०१७-१९ को कार्यकालमा अध्यक्ष भएर सफल नेतृत्व गरिसकेका छन्।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले लामो समयदेखि एनआरएनए यूएईको विभिन्न तहमा रहँदै आफूले पदमा रहँदा, नेतृत्व गर्दा र तत्पश्चातसमेत संस्थाको हित र सामाजिक भावले गरेका कार्यहरूको मूल्यांकन गरिदिन एनआरएनए मध्यपूर्वका अग्रज व्यक्तित्वहरू तथा समकालीन साथीहरूलाई आग्रह गरे । उनले सबै अभियन्ताहरुको सुझाव र आग्रहलाई स्वीकार्दै आफूले उम्मेदवारी घोषणा गरेको बताए । उनले सिंगो मध्यपूर्वका गैर आवासीय नेपालीहरु र सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरूको साथ सहयोग र अभूतपूर्व माया पाउनेमा विश्वस्त रहेको बताए ।

श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वमा अवसर पाए यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधानका लागि अहोरात्र खट्ने प्रणसमेत गरेका छन्।

उनले समान कामको असमान ज्याला दिने प्रणाली सुधार गर्न सरोकारवाला पक्ष र राज्यको ध्यानाकर्षण गराउने बताए । यसैगरी सबै नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्द गराउन विशेष कार्यक्रम सञ्चालन गर्ने, विशेषगरी ‘ब्लु क्याटोगेरी’का श्रमिकलाई सामाजिक सुरक्षा कोषको फाईदा र आवश्यकताका बारेमा जानकारी गराई अनिवार्य आवद्द हुने वातावरण बनाउन पहल गर्ने बताए ।

थोरै बोलेर धेरै काम गर्ने आफ्नो योजना रहेको श्रेष्ठले बताए । उनले संस्कृति र पर्यटन प्रवर्द्धनका लागि मध्यपूर्वका विभिन्न देशमा यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने समेत बताएका छन ।अप्ठ्यारोमा परेका नेपालीहरुको राहत र उद्दारका लागि सम्बन्धित देशका एनसीसीहरुसंग समन्वय गरी अगाडि बढ्ने र स्वदेश फर्किएकाहरुको पुनःस्थापनाका लागि नेपाल सरकार र वैदेशिक रोजगार विभाग संग समन्वय गरी प्याकेजमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले प्रतिबद्धता गरेका छन ।

श्रेष्ठले एनआरएनए मध्यपूर्वको नेतृत्वमा अवसर पाए यस क्षेत्रमा कार्यरत लाखौँ नेपाली श्रमिकका समस्या समाधानका लागि अहोरात्र खट्ने प्रण समेत गरेका छन । उनले संस्कृति र पर्यटन प्रवर्द्धनका लागि मध्यपूर्वका विभिन्न देशमा यससम्बन्धी विभिन्न कार्यक्रम आयोजना गर्ने समेत बताएका छन ।

अप्ठ्यारोमा परेका नेपालीहरुको राहत र उद्दारका लागि सम्बन्धित देशका एनसीसीहरुसंग समन्वय गरी अगाडि बढ्ने र स्वदेश फर्किएकाहरुको पुनःस्थापनाका लागि नेपाल सरकार र वैदेशिक रोजगार विभाग संग समन्वय गरी प्याकेजमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने श्रेष्ठले प्रतिबद्धता ब्यक्त गरेका छन ।

श्रेष्ठको प्रतिबद्धता यस्ता छन्ः

  • मध्यपूर्वमा रहेका सम्पूर्ण श्रमिकहरुको हकहितलाइ मध्यनजर गर्दै श्रमिकसँग एनआरएनए कार्यक्रम तयार पार्ने सो कार्यक्रमले तत्कालीन र दीर्घकालीन कार्ययोजना बनाइ श्रमिकहरूलाई श्रम शोषण, ठगी र मानव तस्करी विरुद्ध जनचेतना सहितका कार्यक्रम गर्नेछु ।
  • सम्पूर्ण श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धताका निमित्त सहजीकरण गर्ने सामाजिक सुरक्षामा आबद्ध हुँदाका फाइदा र सेवा सुबिधाका बारेमा अभिमुखीकरण कार्यक्रम गर्नेछु ।
  • राहत तथा उद्दार कार्यका लागि एकदमै तदारुक हुँदै मध्यपूर्वका सम्पूर्ण राष्ट्रिय समन्वय समितिहरु सँग सहकार्य गरि राहत तथा उद्दार समिति गठन गर्ने साथै बिभिन्न कारणले स्वदेश फर्किने श्रमिकहरुलाई पुनः स्थापनाका निमित्त नेपाल सरकार तथा बैदेशिक रोजगार बिभागसँग समन्वय गर्ने छु।
  • घरेलु कामदार सँगै अन्य बिभिन्न कामदारका रुपमा आउने श्रमिकहरुका निमित्त नेपालमै सीपमूलक तालिम र सामान्य भाषाका तालिमको ब्यबस्था गर्न अन्तराष्ट्रिय समन्वय समिति सँगको सहकार्यमा नेपाल सरकार र सरोकारवाला निकाय समक्ष राखेर कार्यन्वयनमा ल्याउने पहल गर्नेछु ।
  • बैदेशिक रोजगार ऐन २०६४ पूर्णरुपमा कार्यन्वयन गर्न गराउनका निमित्त नेपाल सरकार सहित सरोकारवाला निकायसँग समन्वय तथा आवस्यक थप पहल गर्नेछु ।
  • साँस्कृतिक तथा पर्यटन प्रबर्द्दनका निमित्त मध्यपूर्वमा बिभिन्न कार्यक्रम गर्ने र नेपाल भ्रमणका निमित्त अभिप्रेरित गर्नेछु ।
  • नेपाली कामदारमाथि कार्यक्षेत्रमा हुने विभेद र असमान ज्याला वितरण प्रणाली उपर राज्यको ध्यानाकर्षण गराउने, समान कामको असमान ज्याला दिने व्यवस्थालाई हटाउन सरोकारवाला सँग आवश्यक छलफल गर्ने साथै, न्युनतम ज्याला तोक्ने र कार्यान्वयन गराउन नेपाल सरकार र सरोकारवाला निकायको ध्यानाकर्षण गराउनेछु।
  • थोरै बोलेर धेरै काम गरि मध्यपुर्वलाई एनआरएनएको उत्कृष्ट नमुना क्षेत्र बनाउने घोषणा सहित उल्लेखित घोषणालाई कार्यन्वयन गर्ने बताएका छन ।



प्रतिक्रिया दिनुहोस्