Logo

उपप्राध्यापक चलाउनेको मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश



काठमाडौं, ९ असोज । त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेको ज्यानमार्ने उद्योग मुद्दामा घाउ जाँच गर्ने डाक्टरसँग बुझ्ने आदेश भएको छ । काटमाडौं जिल्ला अदालतका न्यायाधीश उत्तम सिलुवालको एकल इजलासले उक्त आदेश दिएको हो ।

हिजो .(सोमबार) र आज लगातार हेर्दाहेर्दैमा राखेर सुनुवाई भएको उक्त मुद्दामा उक्त आदेशसँगै फेरि लम्बिएको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ सालमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठनका नेताहरुले सांघातिक आक्रमण गरेका थिए ।

उक्त मु्द्दामा नेविसंघका नेताहरु रविनकुमार लामा, योगेन्द्र रावल, दीपकराज ओझा, हरिप्रसाद आचार्य, रुपेश साह, सयुज श्रेष्ठ र निरज रानामगरलाई प्रतिवादी बनाइएको थियो । सरकारले उक्त मुद्दा फिर्ता लिने निर्णय गरेपनि सर्वोच्च अदालतको अन्तरिम आदेशले रोकिएको थियो ।



प्रतिक्रिया दिनुहोस्