Logo

नेपाली वायु सेवालाई कालोसूचीबाट हटाउन पहल भइरहेको छ, छिट्टै परिणाममा पुग्छौंः मन्त्री किराती



काठमाडौं, १० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाली वायु सेवालाई कालो सूचीबाट हटाउनका लागि पहल भइरहेको बताएका छन् ।

आज (बुधबार) पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले हवाइ क्षेत्रमा यूरोपियन यूनियनले लगाएको कालो सूचीलाई हटाएर नेपालको आकाश विश्वसनीय छ भन्ने सन्देश संसारका पर्यटकलाई दिने तयारी भइरहेको उनले बताए ।

‘हाम्रो देशको आकाशको कालोसूचीलाई हटाएर संसारका पर्यटकलाई विश्वसनीय बनाउनका निम्ति केही कदमहरु हामीले उठाइसकेका छौं । लाग्छ छिट्टै हामी परिणाममा पुग्छौं,’– उनले भने ।

अन्य राष्ट्रको भन्दा नेपाली आकाश असुरक्षित रहेको निश्कर्षसहित यूरोपियन यूनियन एभिएसन सेक्युरिटी काउन्सिलले सन् २०१३ देखि कालोसूचीमा राखेको छ । File Photo/RN



प्रतिक्रिया दिनुहोस्