Logo

जहाज खरिदमा भ्रष्टाचारको ‘भ’ पनि जोडिँदैनः मन्त्री किराती



काठमाडौं, १० भदौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले नेपाल बायुसेवा निगम जहाज खरिदको अन्तिम चरणमा पुगेको बताएका छन् ।

आज (बुधबार) पर्यटन दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले समुन्द्रसँग नजोडिएका देशहरुका लागि जहाज मेरुदण्ड भएको बताए । उनले जहाज खरिद एकदमै पारदर्शी र भ्रष्टाचाररहित हुने दाबी पनि गरे । जहाज खरिदमा भ्रष्टाचारको भ पनि नजोडिने उनको दाबी छ ।

‘हामी जाहज खरिद प्रक्रियामा अगाडि बढिसकेका छौं । जसले जाहाज खरिदको विषयलाई पनि नकारात्कम ढंगले टिप्पणी गरेर हाम्रो विरोध गर्नेछन् । हामी पारदर्शी ढंगले किन्नेछौं । त्यहाँ भ्रष्टाचारको भ जोडिने छैन । हामीले राष्ट्रिय हितका साथ काम गर्दा पनि विरोध र बाधा आउँछनु भने त्यो राष्ट्रघाती हुनेछ,’– उनले भने ।

उनले नेपालको पर्यटन क्षेत्रको विकासका लागि नयाँ पर्यटन ऐन ल्याउन आवश्यक रहेको बताए । ०३५ सालको पर्यटन ऐनलाई बोकेर आजको स्थितिलाई धान्न नसकिने उनको भनाई छ ।



प्रतिक्रिया दिनुहोस्