Logo

मेयर बालेनको अडान कायमैः ‘फुटपाथमा व्यापार गर्नु गैरकानुनी हो’



काठमाडौं, १० असोज । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले फुटपाथमा व्यापार गर्नु गैरकानुनी भएको बताएका छन् ।

अभियन्ता ईः लाई सम्बोधन गरेर सामाजिक सञ्जालमा लेखेको पत्रमा उनले वाध्यता वा परिस्थितिजन्य कुराले भावुक हुन सकिएपनि फुटपाथ तथा बाटोमा व्यापार गर्न दिनु गैरकानुनी हुने बताएका हुन् ।

‘फुटपाथ, बाटो तथा right of way मा व्यापार गर्नु गैरकानुनी हो । यसमा बाध्यता वा परिस्थितिजन्य कुराहरुले भावुक हुन सकिएला तर कानुनले हेर्ने गैरकानुनी भन्दा अलग होइन,’– उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्