काठमाडौं, ११ असोज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसद्मा दर्ता भएको विद्यालय शिक्षा विधेयकप्रति गम्भीर असहमति रहेको बताएको छ ।
हिजो (बुधबार) बसेको केन्द्रीय समिति तथा संसदीय दलको संयुक्त बैठकले विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८० मा गम्भीर असहमति रहेको बताएको हो ।
रास्वपाले सरोकारवालाहरुसँग छलफल गरी विधयेकमाथि पार्टीको तर्फबाट राखिने संशोधनको मस्यौदा तयार गरी आगामी बैठकमा पेश गर्न सुमना श्रेष्ठलाई जिम्मेवारी दिएको छ ।