Logo

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानको अगाडि दुर्गा प्रसाईँले भने, ‘माडवारी समुदायले देश सिध्याए’(भिडिओसहित)



काठमाडौं, १२ असोज । राष्ट्र र नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईँले माडवारी समुदायले मुलुक सिध्याएको आरोप लगाएका छन् । हिजो (बिहीबार) प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले मुलुक बनाएको छु भन्ने माडवारीले नै देश सिध्याएको आरोप लगाएका हुन् ।

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानसहितको उक्त कार्यक्रममा उनले देश सिध्याउन पवनको पनि हात रहेको बताए । ‘उज्यालो हुँदा आज १० हजार मान्छे झोला बोकेर हिँड्छन् । उद्योग धन्दा, कलकारखाना त उहाँहरुले चलाएको देश हो । उहाँहरु माडवारी समुदायले मुलुक बनाएको हो भन्नुहुन्छ ।’ उनले भने, ‘बनाएको पनि छ । तर, आज त्यही समुदायको कारणले किन मान्छेहरु विदेशिदैछन् । आज यो देशमा जसले म उद्योगपति हुँ भन्यो नि तिनैले देश सिध्याएको हो ।’

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानतर्फ देखाउँदै उनले भने, ‘दाई यहीँ हुनुहुन्छ त, उहाँले राम्रो काम गर्नु भएको छ त ? लघुवित्त, फाइनन्स, सहकारी, डेभलपमेन्ट बैंक पनि उहाँहरुकै इन्सुरेन्स पनि उहाँहरुकै, रिइन्सुरेन्स पनि उहाँहरुकै । सबै कुराहरु उहाँहरुकै । उहाँहरुले पिरामिड शैलीमा पैसा तानेर जतिपनि विदेशबाट आएको रेमिटेन्स उहाँहरुकै झोलामा जाने हो ।’

गोल्यान ग्रुपका अध्यक्ष पवन गोल्यानले प्रसाईँले अरोप लगायजस्तो माडवारी समुदायले नेपालको अर्थतन्त्र धरासायी नबनाएको बताए । उनले आफ्नो लगानी कृषी, हाइड्रो, होटल लगायतको क्षेत्रमा रहेको बताउँदै १० हजारलाई रोजगारी दिइरहेको बताए । १० हजारमा तीन सयदेखि पाँच सय विदेशी कामदार भएपनि अन्य नेपालीनै कामदार रहेको बताए ।



प्रतिक्रिया दिनुहोस्