Logo

भ्रमणले नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भाव अभिवृद्धि गरेको छः प्रधानमन्त्री प्रचण्ड (पूर्णपाठसहित)



काठमाडौं, १३ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिका र चीनको भ्रमण सफल भएको बताएका छन् । आज स्वदेश फर्किएका प्रधानमन्त्री प्रचण्डले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग भ्रमणका बारे जानकारी दिँदै समग्र रुपमा भ्रमण सफल भएको ठानेको बताएका हुन् ।

‘समग्रमा मेरो दुवै देशको भ्रमण सफल भएको ठानेको छु । चीनको भ्रमणले झण्डै चार वर्षलामो नेतृत्व तहबाट एकअर्को मुलुकमा भ्रमण नभएको स्थितिको अन्त्य गरेको छ । उच्चस्तरमा भएको द्धिपक्षीय वार्ताबाट छिमेकीहरुको संवेदनशील विषयहरुमा नेपालले पालना गर्दै आएको नीतिको पुनर्पुष्टी भएको छ,’– उनले भने ।

चीन भ्रमणले राजनीतिक तहमा विश्वासको वातावरण बनेको उनको भनाई छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तार चीनको भ्रमण महत्वपूर्ण भएको उनले बताए । प्रधानमन्त्री प्रचण्डले चीन भ्रमणले नेपाली जनताप्रति चीन सरकारको सद्भाव अभिवृद्धि भएको बताए ।

‘राजनीतिक तहका विश्वासको वातावरण बनेको छ । पूर्वाधार निर्माण, व्यापार, लगानी तथा जनस्तरको सम्बन्ध विस्तारमा द्धिपक्षीय सहयोग र सहकार्यलाई तीब्रता दिने मार्ग प्रसस्त गरेको छ । अझ महत्वपूर्ण त नेपाल र नेपाली जनताप्रति चिनियाँ नेताहरुको सद्भाव अभिवृद्धि भएको छ,’– उनले भने ।

यस्तो छ प्रधानमन्त्री प्रचण्डको वक्तव्यको पूर्णपाठः



प्रतिक्रिया दिनुहोस्