काठमाडौं, १३ असोज । आन्दोलनरत चिकित्सक र सरकारबीच वार्ता जारी रहेको छ । चिकित्सकहरु र सरकारबीच सिंहदरबारमा वार्ता भइरहेको हो । चिकित्सकमाथि देशका विभिन्न ठाउँमा भएका दुर्व्यवहारको घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलनमा उत्रिएका थिए ।
स्वास्थ्यकर्मीमाथि आक्रमण र दुर्व्यबहार गर्नेलाई कडा कारबाहीको माग गर्दै उनीहरु केही दिनदेखि आन्दोलनमा होमिएका थिए । चिकित्सकहरुले आज पनि काठमाडौं लगायत देशका विभिन्न सहरहरुमा प्रदर्शन गरेका थिए । File Photo/RN