Logo

प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयलाई जानकारी नगराई निगमले मूल्यवृद्धि गरेको प्रचण्डको स्पष्टोक्ति



काठमाडौं, १४ असोज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आयल निगमले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयलाई समेत जानकारी नगराई मूल्यवृद्धि गराएको बताएका छन् ।

आज (आईतबार) प्रतिनिधि सभा बैठकमा आफ्नो विदेश भ्रमणका बारेमा जानकारी गराउनु अघि उनले निगमले स्वचालित मूल्य समायोजनका आधारमा सरकारलाई जानकारी नगराई मूल्य बढाएको बताएका हुन् ।

आज बसेको आकस्मिक बैठकले मूल्यवृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएपछि पुरानै मूल्य कामय भएको उनले बताए । पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि अहिलेको जनताको पिर मर्का, जनताको भावना र आवश्यकता विपरीत रहेकाले फिर्ता लिन निर्देशन दिइएको उनले बताए ।

‘आयल निगम पहिलाका ऋण चुक्ता गरेर नाफातिर गइराखेको स्थितिमा स्वचालित मूल्य प्रणालीमा जाने उपयुक्त समय हो भन्ने भएको थियो, मूल्यवृद्धि त्यसैको आधारमा भएको थियो । जुन अहिलेको जनताको पिर मर्का, जनताको भावना र आवश्यकता विपरीत थियो । प्रधानमन्त्री या सम्बन्धित मन्त्रालय या उपप्रधानमन्त्रीहरुलाई पनि जानकारी नदिई स्वचालित मूल्य समायोजन भनेको आयल निगमको स्वतन्त्रता होईन ।’ उनले भने, ‘राज्यबाट अलग जाने भन्ने होईन, राज्यभित्रकै अंग हो । त्यस कारण अहिलेको यो परिस्थितिमा त्यो मूल्य फिर्ता लिनुपर्छ भन्ने निर्णय गरियो । निर्देशन अनुसार आयल निगमले मूल्य फिर्ता लिएको छ ।’



प्रतिक्रिया दिनुहोस्