Logo

सुन तस्करी प्रकरणः जाँचबुझ आयोगले आजबाट सुरु गर्यो काम



काठमाडौं, १५ असोज । सुन तस्करी प्रकरणमा छानविनका लागि गठित जाँचबुझ आयोगले आजबाट काम सुरु गरेको छ । उच्च अदालतका पूर्वन्याययाधीश डिल्लीराम आचार्यको संयोजकत्वमा हिजो चार सदस्यीय जाँचबुझ आयोग गठन भएको थियो । आयोगलाई सुझावसहितका प्रतिवेदन बुझाउने कार्यादेश रहेको छ ।

आयोगको अन्य सदस्यहरुमा गृह मन्त्रालयका उपसचिव प्रेमराज जोशी, अर्थमन्त्रालयका सहसचिव किशोरजंग कार्की र पूर्वएआइजी सहकूल थापा रहेका छन् ।

आयोगलाई अनुसन्धानका लागि तीन महिनाको समय अवधि तोकिएको छ । पछिल्लो समय तस्करहरुले नेपाललाई सुन तस्करीको ट्रान्जिट बनाएका छन् । उनीहरुले विभिन्न समयमा फरक–फरक तरिका प्रयोग गरी सुन तस्कर गरिरहेका छन् ।

पछिल्लो समय गत साउन २ गते भन्सार पास भएको ६१ किलोभन्दा बढि सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । त्यसैगरी इलेक्ट्रिक सिग्रेडमा लुकाएर ल्याइएको नौ किलो सुन पनि फेला फेला परेको थियो । उक्त ६१ किलो र नौ किलो सुनबारेमा आयोगले छानविन गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्