Logo

सरकारले वैदेशिक ऋणबाट समेत कार्यकर्ता करारमा नियुक्ति गरेको छः केपी ओली



काठमाडौं, १६ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सरकारले वैदेशिक ऋणबाट गठबन्धन दलका नेता कार्यकतालाई करारमा नियुक्ति गरेको टिप्पणी गरेका छन् ।

आज (मंगलबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले गठबन्धन दलबाहेक अरु कसैलाई पनि करारमा नियुक्ति गर्ने नगरेको उनको भनाई छ ।

सरकारले गठबन्धन दलबाहेकका अरु कोही मान्छे करारमा भेट्यो भनेपनि हटाउने काम गरिरहेको उनको भनाई छ । उनले केही समय अघि सरकारले नेपालगञ्जका एक जना डाक्टरलाई गठबन्धन दलको कार्यकर्ता नभएकै कारण मेसुबाट हटाएर उक्त ठाउँमा निलम्बनमा परेको व्यक्तिलाई ल्याएको बताए ।

‘वैदेशिक ऋणबाट समेत गठबन्धनका कार्यकर्तालाई करारमा नियुक्ति दिइएको छ । करारमा नियुक्ति त गजब नै भएको छ । गठबन्धनबाहेक अरु कतैका मान्छे भेटियो भने हटाउने ।’ उनले भने, ‘अस्ती म नेपालगञ्ज पुगे, त्यहाँ गठबन्धनमा नभएका स्वतन्त्र डाक्टर परेछन्, मेसुबाट हटाएर निलम्बनमा परेकालाई ल्याएर मेसु बनाएको रहेछ ।’



प्रतिक्रिया दिनुहोस्