Logo

गणपुरक संख्या नपुगेपछि संसद् बैठक स्थगित्



काठमाडौं, १६ असोज । प्रतिनिधि सभा बैठक असोज १८ गतेसम्मका लागि स्थगित भएको छ । संसद्मा उर्जा, जलस्रोत तथा सिञ्चाईँ मन्त्री शक्ति बहादुर बस्नेतले विद्युत विधेयक प्रस्तुत गर्ने सन्दर्भमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपुरक संख्याबारे प्रश्न उठाएका थिए ।

सांसद सुवालले गणपुरक संख्यामाथि प्रश्न उठाएपछि सभामुख देवराज घिमिरेले तीन मिनेट घण्टी बजाएर गणपुरक संख्या एकीन गर्न संसद् सचिवालयका कर्मचारीलाई निर्देशन दिएका थिए ।

त्यसपछि, संविधानको धारा ९४ अनुसार गणपुरक संख्या ६९ हुन पर्नेमा ६६ मात्रै भएपछि सभामुख घिमिरेले कार्यसूचीका बाँकी कार्यक्रम सूचीबाट हटाइएको जानकारी गराएर संसद् बैठक स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्