Logo

चेतन मानन्धरकी पत्नी भारतीलाई ओलीको ढडासः ‘तपाईँको पछाडि म उभिएको छु’



काठमाडौं, १६ असोज । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले मृतक चेतन मानन्धरकी श्रीमती भारती मानन्धरलाई उच्च मनोबल बनाउन आग्रह गरेका छन् । अपराधीले आममाफी पाएको विषयमा आफूले आजको प्रतिनिधि सभाको बैठकमा पनि प्रश्न उठाएको बताउँदै ओलीले भारतीको पछाडि आफू उभिएर सहयोग गर्ने वचन व्यक्त गरेका छन् ।

‘भारती बहिनी ! सामाजिक सञ्जालभरी देखें– तपाईंको पीडा खपिनसक्नु छ । यो देखेर मेरा पनि आँशु आए । तपाईंले मनोबल उच्च बनाउनुपर्छ । राज्यले नागरिकको संरक्षण गर्नुपर्छ, अपराधिको होइन । आज मैले संसद्मा पनि आवाज उठाएको छु । तपाईँको पछाडि म उभिएको छु । सिङ्गो देश उभिएको छ । तपाईंले न्याय पाउनुपर्छ,’– ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् ।

चेतनको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकाललाई राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसको अवसरमामा आममाफी दिएका थिए । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

मृत्तक चेतनकी श्रीमती भारती मानन्धरले आज (मंगलबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै आममाफीको विरुद्धमा भोलिदेखि काठमाडौंको माईतीघरमा रिले अनशन सुरु गर्ने घोषणा गरेकी थिईन् । आममाफीको विषयलाई लिएर उनले राष्ट्रपति पौडेलमाथि प्रश्नैप्रश्न गरेकी थिईन् ।



प्रतिक्रिया दिनुहोस्