Logo

रिगलको आममाफीविरुद्ध परेको रिटमा सुनुवाइ सुरु



काठमाडौं, १८ असोज । चेतन मानन्धरको हत्या प्रकरणमा जन्मकैदको सजाय पाएका रिगल भनिने योगराज ढकालको आममाफीविरुद्ध परेको रिटमा सुनुवाइ सुरु भएको छ ।

आममाफीविरुद्ध मृतक चेतनकी श्रीमति भारतीले दायर गरेको रिटमा सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्माको एकल इजलासमा प्रारम्भिक सुनुवाइ सुरु भएको हो ।

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले नवौं संविधान दिवसको अवसरमा रिगललाई आममाफी दिएका थिए । हत्या अभियोगमा उनलाई जिल्ला अदालत बाँकेका तत्कालीन न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७६ साल वैशाखमा दोषी ठहर गर्दै सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो । रिगल उक्त घटना हुँदाका बखत नेपाली कांग्रेसको युवा संगठन तरुण दलमा आवद्ध थिए ।

आममाफीको निर्णय बदर गरी रिगललाई फेरी कारागार पठाउन माग गर्दै भारती सर्वोच्च पुगेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्